क्यानेबरा- चीनले विदेशी पत्रकारहरुलाई विभेद नगरेको स्पष्ट पारेको छ। अष्ट्रेलियाका लागि चिनियाँ दूतावासका उपप्रमुख वाङ्ग शिनिङ्गले आफ्नो देशले सदैव विदेशी पत्रकारहरुलाई स्वागत गरेको तर कसैसँग भेदभाव नगरेको बताएका हुन्।
केही दिन अगाडि मात्रै अष्ट्रेलियाली पत्रकार माइकल स्मिथले चीन छाडेका थिए। आफ्नो ज्यानको असुरक्षा रहेको भन्दै उनले चीन छाडेका हुन्।
अष्ट्रेलियाली वित्तीय बिटमा काम गरिरहेका पत्रकार स्मिथले भने, ‘चीनले एकपटक विदेशी पत्रकारहरुलाई स्वागत गरेको थियो ताकि उनीहरुले चीनको आर्थिक वृद्धिबारे खबर प्रसारण गर्न सकुन्।’
सेप्टेम्बरमा उनीहरू साङ्घाईबाट भागेका थिए। उनका अनुसार एक प्रहरीले उनलाई एक अन्तर्वार्ता लिन आग्रह गरेका थिए। ती प्रहरीले अस्थायी रूपमा उनलाई देश बाहिर जान रोक लगाएका थिए।
‘चीनमा त्यस्तो विचारको लागि कुनै ठाउँ छैन जुन चिनियाँ कम्युनिष्ट पार्टीसँग मेल खाँदैन,’ उनले भने। यसका लागि वाङ्गले स्मिथ र अष्ट्रेलियाका प्रसारण कर्प संवाददाता बिल ब्रिट्ल्सप्रति सहानुभूति प्रकट गरेका छन्।
यस अगाडि पनि बीबीसीका पत्रकार जोन सुड्वर्थ चीन छाडेर भागेका थिए। जोनले चीनको शिन्जियाङ्ग प्रान्तले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरेका प्रयास र त्यसका कमजोरीबारे रिपोर्टिङ्ग गरेका थिए।
समाचारलाई लिएर उनीमाथि जोखिम बढेको खबर प्रकाशित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।