बैङ्कक- थाइल्याण्डमा बुद्धलाई खुशी बनाउन एक भिक्षुले आफ्नै बलि दिएका छन्। ६८ वर्षीय भिक्षु थम्माकोर्न वाङ्गप्रेचाले एक महान आध्यात्मिक व्यक्तिको रूपमा पुनर्जन्म हुने आशामा आफ्नै शिर काटेर चढाएका हुन्।
स्थानीय बासिन्दाका अनुसार भिक्षुले ५ वर्षभन्दा बढी समयदेखि त्यागको लागि विचित्र विधिको योजना बनाइरहेका थिए। ती भिक्षुलाई विश्वास थियो आफ्नो शिर देवतालाई चढाएमा पुनर्जन्ममा सौभाग्य प्राप्त हुनेछ।
यो विश्वासलाई बौद्ध धर्ममा मेकिङ्ग मारिट्स भनिन्छ। ‘उहाँ आफ्नो टाउको र प्राण त्याग्न चाहानुहुन्थ्यो। उहाँलाई लागेको थियो अर्को जीवनमा उच्च आत्मिक व्यक्तिको रूपमा पुनर्जन्म हुन्छ,’ उनका भतिजा बुन्चार्ड बुनरोडले भने।
उत्तर पूर्वी थाईल्याण्डको नोङ्ग बुआ लाम्पु प्रान्तको वाट फू हिन गुम्बामा यी भिक्षुले बुद्धको मूर्ति अगाडि एउटा धारिलो तरवारले टाउको काटेको थियो। यो तरवार त्यस्तो ठाउँमा राखिएको थियो कि काटिएको घाँटी सिधा बुद्धको खुट्टामा खस्यो।
११ वर्षसम्म यस मन्दिरमा सेवा गर्ने भिक्षुले आफ्ना सहकर्मीहरूलाई कहिले पनि यस तरवारको बारेमा केही भनेका थिएनन्। ‘म भिक्षु छोड्छु, तर तरवारको बारेमा केही भनेकाे थिइनँ,’ एक भिक्षु भन्छन्।
प्रहरीका अनुसार ती भिक्षुको मृत्यु खबर अप्रिल १५ प्राप्त भएको थियो। मृतक भिक्षुको भतिजा बुनरोडका अनुसार उनका काकाले आफ्नो सम्पूर्ण योजना मार्बलको स्ल्याबमा लेखेका थिए। ‘टाउको काट्नु भनेको बुद्धलाई खुशी पार्नु हो,’ लेखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।