भारत– भारत महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन ट्यांक चुहावट हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ।
दुर्घटनामा ११ जनाको मृत्यु भएको नासिक नगर निगमका आयुक्तले पुष्टि गरेका छन्। अस्पतालमा कुल १५० बिरामी थिए जसमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो।
समाचार एजेन्सी एएनआईले नासिकका चिकित्सक जाकिर हुसेनलाई उदृत गर्दै जनाए अनुसार ट्यांकरबाट अक्सिजन भरिँदै गर्दा चुहावट भएको थियो। दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको बीबीसी हिन्दीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।