कराची- पाकिस्तानमा प्रहरीमाथि आक्रमण गर्ने योजना बनाइरहेका तहरीक-ए-तालिवान पाकिस्तानका ५ आतंकवादी पक्राउ परेका छन्।
बिशेष सूचनाको आधारमा र्धसैनिक रेन्जर्स र गुप्तचर एजेन्सीहरूको संयुक्त टोलीले कराचीमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको हो।
एक बरिष्ठ प्रहरी अधिकारीका अनुसार अर्को एक तालिबानी लडाकूलाई पनि कराचीको मालीर क्षेत्रबाट पक्राउ परेका छन्।
आतंककारीहरूले शहरको बाहिरी इलाका सिदाबादको प्रहरी प्रशिक्षण कलेजमा ठूलो आक्रमण गर्ने योजना बनाइरहेका थिए।
‘दुई आत्मघाती आतंककारी सहित पक्राउ गरिएको हो। हामीले आत्मघाती ज्याकेट, ग्रेनेड, बन्दुक, प्रहरीको पोशाक र डेटोनेटरसहितको केन्द्रको नक्शा पनि प्राप्त गरेका छौं,’ सिन्धको आतंकवाद विरोधी विभागका उपनिरीक्षक शाहिद हामिदले भने।
पक्राउ परेका व्यक्तिहरु विगतमा आतंकवादको घटनामा संलग्न भएको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।