काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागिताका लागि नेपालले यसपटक १४ सदस्यीय प्रतिनिधिमण्डल पठाउने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार नै न्युयोर्क प्रस्थान गर्नेछन्। उनले महासभाका उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनुका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री बालेन्द्र शाह भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सेप्टेम्बर २२ मा अमेरिका जानेछन्। उनले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको टोलीमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित वरिष्ठ सरकारी अधिकारी रहनेछन्।
यसपटक महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको संख्या पछिल्ला वर्षको तुलनामा कम छ। न्युयोर्कमा प्रधानमन्त्री शाहले यूएन महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा नेपाल फर्कनेछन् भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा काठमाडौं आइपुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।