कायराे- इजिप्टले पवित्र महिना रमदानको अवसरमा देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई थुनामुक्त गरेकाे छ।
जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैद मिनाहा गरिएकाे हाे।
इजिप्टले रमादान र स्वतन्त्रता दिबस (जुलाई २३) का अवसरमा कैदीहरूको बाँकी जेल अवधि मिनाह गर्ने र सुधार देखिएका उनीहरूको रिहाई गर्ने प्रचलन बर्षोँदेखि चल्दै आएको छ।
इजिप्टको संविधानअनुसार शसस्त्र विद्रोह, आतङ्कवाद, बदला हत्या र लागु पदार्थ हिरोइनको कारोबारमा सम्लग्न भई जेल परेका कैदीबाहेक अन्य मुद्दामा जेल परेका कैदीको जेल मिनाह गर्ने अधिकार राष्ट्रपतिमा निहित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।