हङकङ- भारतकाे नयाँ दिल्लीबाट हङकङकाे लागि उडेका ४९ यात्रुमा काेराेना संक्रमण पुष्टि भएकाे छ।
भिस्तारा एयरलाइन्सबाट अप्रिल ४ उनीहरु हङकङ पुगेका थिए। हङकङ ओर्लिएसँगै गरिएकाे परीक्षणमा उनीहरुमा काेराेना संक्रमण पुष्टि भएकाे जनाइएकाे छ।
भिस्ताराकाे उडानमा १८८ जना यात्रुकाे क्षमता छ, तर हङकङका अधिकारीहरूले उक्त विमानमा कति सवार थिए भनेर खुलाएका छैनन्। काेराेना संक्रमण पुष्टि भएका ४९ यात्रुलाई हङकङ सरकारले क्वारेन्टाइनमा राखेकाे छ।
याेसँगै भारतबाट हङकङ उडान हुनै सबै फ्लाइटलाई रद्द गरिएकाे छ। यस्तै, सबै भारतीय एयरलाइन्सलाई दुई हप्ताकाे लागि प्रतिबन्ध लगाइएकाे छ।
भारतबाट हुने सबै उडानमा प्रतिबन्ध लगाइएसागै पाकिस्तान र फिलिपिन्सकाे उडानसमेत प्रभावित बनेकाे छ।
भारतमा दैनिक २ लाखभन्दा बढीको दरले कोरोना संक्रमितहरु थपिरहेका छन्। विश्वमै सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो सूचीमा रहेको भारतमा रहेकाे छ।
भारतमा कुल संक्रमितकाे संख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। सो कोरोना शुरु भएयता भारतमा हालसम्म एक करोड ५३ लाख २१ हजार ८९ जना कोरोना संक्रमित भएका छन्।
भारतमा कोरोना एकै दिनमा दुई लाख ५९ हजार १७० संक्रमित भएका छन्। त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ७६१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। याेसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या एक लाख ८० हजार ५३० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।