न्यूयाेर्क- अमेरिकाले कोरोनाविरुद्धकाे खोप नै लगाएपनि आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान आग्रह गरेकाे छ। कोरोनाको नयाँ रुप अर्थात डबल म्युटेन्ट भेरियन्टका कारण धेरै संक्रमित भइरहेकाे भन्दै भ्रमणमा नजान सुझाव दिएकाे हाे।
भारतमा दैनिक २ लाखभन्दा बढीको दरले कोरोना संक्रमितहरु थपिरहेका छन्। विश्वमै सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो सूचीमा रहेको भारतमा रहेकाे छ।
अमेरिकाको सरुवा रोग नियन्त्रण गर्ने संस्थाले मंगलबार भारतमा जाँदा कोरोना संक्रमण फेरि हुने खतरा रहेकाे जनाएकाे छ।
यदी जानै परे काेराेनाविरुद्धकाे खाेपकाे दुई डोज खोप लगाएर जान र कोरोनाविरुद्धको नियम पालना गर्न उक्त संस्थाले सुझाव दिएको छ।
भारतको उत्तर प्रदेशमा प्रत्येक साताको आइतबार र शनिबार लकडाउनको घोषणा गरिएको छ। यस्तै राजधानी दिल्लीदेखि धेरै क्षेत्रमा लकडाउन लागू भएको छ।
सरकारले सबै जिल्लामा कोभिड अस्पतालको संख्या बढाउने काम गरिरहेकाे छ। यसका साथै आइसीयू र आइसोलेसन बेडको संख्या बढाउने काम पनि सँगसँगै भएरहेको र अक्सिजनसहित सबै किसिमका मेडिकल आवश्यकता पर्याप्त मात्रामा उपलब्ध गराउने प्रयास भइरहेको सरकारको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।