मुम्बई- भारतीय कांग्रेसका सांसद राहुल गान्धीलाई कोरोना संक्रमण भएकाे छ।
मंगलबार दिउँसो आफूलाई कोरोना संक्रमण भएकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
उनले आफ्नो सम्पर्कमा आएका सबैजनालाई साबधानी अपनाउन समेत आग्रह गरेका छन्।
भारत अहिले कोरोनाको दोस्रो लहर सुरु भएकाे छ। सोमबार भारतमा कोरोनाका दुई लाख ६१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
यस्तै, १ हजार ७६१ जनाको संक्रमणको कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।