एजेन्सी। भारत उत्तर प्रदेशको पाँच शहरमा लकडाउन गर्न इलाहाबाद उच्च अदालतले दिएको आदेशमाथि सर्वोच्च अदालतले रोक लगाएको छ।
कोरोना भाइरसको संक्रमण बढेको भन्दै सोमबार इलाहाबाद उच्च अदालतले लखनउ, प्रयागराज, वाराणसीसमेत पाँच शहरमा लकडाउन गर्न आदेश दिएको थियो।
सरकारले कोरोना महामारीसँग लड्नका लागि काम गरिरहेको अवस्थामा पाँच शहरमा अदालतले लकडाउनको फैसला गरेको भन्दै यूपी सरकारका न्यायधिवक्ता हाइकोर्ट पुगेका थिए।
उनले पाँच शहरमा लकडाउन लगाउँदा प्रशासनिक स्तरमा कयौं समस्या उत्पन्न हुनसक्ने बताएका थिए।
मुख्य न्यायाधीश एस ए बोबडेले यस प्रकरणमा अदालतको सहयोगका लागि वरिष्ठ वकिल पीएस नरसिम्हाको नेतृत्वमा एमिकस क्यूरी गठन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।