काठमाडौं–जापानले पाँच मिनेटमा नै कोभिड १९ को संक्रमण भए नभएकोबारे थाहा पाउने प्रविधि पत्ता लगाएको छ। जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको जापानी अधिकारीले जनाएका छन्।
यहाँका राष्ट्रिय सञ्चारमाध्यमले मंगलबार यो समाचार सार्वजनिक गरेका छन्। हाल जापानमा पनि पिसिआर टेस्ट नै प्रचलनमा छ। तर, पनि यो प्रविधिबाट हाल कोभिड १९को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ।
अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेटभित्रै उसको शरीरमा कोभिड १९ पोजेटिभ भए नभएको पत्ता लाग्नेछ।
यो प्रविधिले अब यहाँ कोरोनाको संक्रमणको परीक्षण गर्न र समयमै यो पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने विज्ञहरुले जनाएको जापानी सञ्चारमाध्यममा उल्लेख छ।
यो प्रविधिबाट परीक्षण गर्न कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने इन्स्टिच्युटका एक जना वैज्ञानिक रिकेन वातानावेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।