काठमाडौं– भारतमा १८ वर्षमाथिका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन्।
भारत सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने निर्णय गरेको हो।
आगामी मे १ देखि सबैलाई खोप दिन थालिने सरकारी अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
जनवरी १६ देखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको भारतले यसअघि ४५ वर्षमाथिकालाई मात्र खोप दिँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।