काठमाडौं- कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकालाई आज (मंगलबार) देखि दोस्रो डोज खोप लगाइँदै छ। दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्नेछ।
खोप अभियानअन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा, स्वास्थ्य कार्यालय ललितपुरले ११ वटा र स्वास्थ्य कार्यालय भक्तपुरले ५ वटा खोप केन्द्रको व्यवस्था गरेको छ।
प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार गत माघ १४ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन्।
पहिलाे खाेप जुनै स्थानमा लगाएकाे भए पनि दाेस्राे खाेप आफूलाई पायक पर्ने केन्द्रबाट लगाउन सकिने बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।