मुम्बई- भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई कोरोना संक्रमण भएकाे छ।
हल्का ज्वरो आएपछि गरिएकाे परीक्षणबाट उनलाई काेराेना संक्रमण भएकाे पुष्टि भएकाे हाे।
उनलाई साेमबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ।
सिंह वरिष्ठ कांग्रेस नेता हुन् र हाल राजस्थानबाट राज्यसभा सदस्य छन्।
उनी २००० देखि २०१४ सम्म भारतका प्रधानमन्त्री भइसकेका छन्। २००९ मा उनले कोरोनरी बाइपास सर्जरी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।