काठमाडौं– भारतमा कोरोना भाइरसका संक्रमित उच्च संख्यामा बढ्न थालेका छन्। गत २४ घण्टाभित्र त्यहाँ २ लाख ६० हजार ७७८ जना नयाँ संक्रमित थपिएका हुन्।
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४७ लाख ८२ हजार ४६१ पुगेको छ।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २३ लाख ७१ हजार ४६२ संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ६२ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ७१० जनाको मृत्यु भएको छ।
तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३९ लाख १३४ संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ६५ हजारभन्दा बढी संक्रमित थपिँदा २८ सयभन्दा बढीको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा १४ सय ९५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७७ हजार १७८ पुगेको छ।
भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ। जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ। संक्रमितमध्ये एक करोड २८ लाख ३ हजार ७९१ जना निको भइसकेका छन् भने १८ लाख १ हजार ५०२ सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।