लण्डन- राजकुमार फिलिप 'द ड्यूक अफ एडिनबरा'को शवयात्रा सुरु भएकाे छ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको शनिबार विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा अन्त्येष्टि गर्न लागिएकाे हाे।
शवयात्राका क्रममा फिलिपका छोराछोरी सहभागी भएका छन्। कोरोना भाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन दिइएकाे छैन भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइएको छ।
दिवंगत फिलीपको सम्मानमा शनिबार देशभरी सलामी दिइएको थियो। उनलाई श्रद्धान्जली दिन दरबारमा फूल नचढाउन पनि शाही अधिकारीहरुले आग्रह गरेका छन्। बरु उनको सम्झनामा सामाजिक कार्यमा योगदान गर्न शाही सदस्यहरुले प्रोत्साहन गरेका छन्।
सन् १९४७ नोभेम्बर २० मा बिहे गरेका राजकुमार फिलिप र रानीका ४ सन्तान, ८ नातिनातिना र १० जना पनाति-पनातिनी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।