दमासकस- आतंकवादी समूह बोको हरामले नाइजेरियाको उत्तरपूर्वी शहर दमासकसमा गरेको आक्रमणमा एक सातामा १८ जनाको ज्यान गएको छ। घटनामा २१ जना घाइते भएका छन्।
बोर्नो राज्यका गभर्नर बाबागाना उमरा जुलमले शुक्रबार उक्त घटनाको पुष्टि गरेका हुन्।
‘संयुक्त राष्ट्र संघीय मानवीय केन्द्र, निजी आवासीय, एक प्रहरी चौकी, एक प्राथमिक स्वास्थ्य केन्द्रमा क्षति पुगेको छ,’ जुलमले भने।
क्षतिको निरीक्षण गर्न र शहरमा आतंकवाद विरोधी कार्यमा संलग्न सुरक्षा अधिकारीहरूसँग कुराकानी गर्न उनले दमसाक भ्रमण गरेका थिए।
बोको हराम २००९ देखि उत्तरपूर्वी नाइजेरियामा इस्लामी राज्य स्थापना गर्न लडाइ गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।