ढाका- दक्षिणपूर्वी बंगलादेशमा तलब वृद्धिकाे माग गर्दै आन्दोलनमा उत्रिएका कामदारमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ।
चिनियाँ सरकारको सहयोगमा चटगाउँमा निर्माणाधीन पावर प्लान्टमा काम गर्ने कामदार तलब वृद्धि माग गर्दै शनिबार प्रदर्शनमा उत्रिएका हुन्।
‘चार व्यक्तिको मृत्यु भयो र धेरै घाइते भएका छन्। स्थिति नियन्त्रण गर्न कोसिस गर्दैछौं,’ स्थानीय प्रहरी अधिकारी अजिजुल इस्लामले रोयटर्सलाई भने, ‘कम्तीमा ६ प्रहरी कर्मचारी पनि घाइते भएका छन्।’
राजधानी ढाकाको २६५ किमी दक्षिणपूर्वमा अवस्थित बिजुली प्लान्टमा चीन सरकारले साढे २ अरब लगानी गरेको छ।
२०१६ मा चिनियाँ सेप्को ३ इलेक्ट्रिक पावर कन्स्ट्रक्शनले निर्माणको ठेक्का स्थानिय आलम ग्रुपलाई दिएको थियो।
त्यो वर्षदेखि कामदारले निर्माणको विरोध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।