लण्डन- बेलायतकी गृहमन्त्री प्रिती पटेलले पन्जाव नेशनल बैंक (पीएनबी) घोटालाको अभियोग लागेका नीरव मोदीलाई भारत सुपुर्दगी गर्न स्वीकृति दिएकी छिन्।
बिगत ४ वर्षदेखि बेलायतमा बस्दै आएका हिरा व्यापारी मोदीविरुद्ध पीएनबीबाट करिब १२ हजार करोड घोटला गरेको आरोप लगाइएको छ। उनलाई सन् २०१९ मा पक्राउ गरिएको थियो।
केन्द्रीय जाँच ब्युरो (सीबीआई)का अनुसार गृहमन्त्री पटेलले सुपुर्दगी गर्न स्वीकृति दिएसँगै मोदीलाई भारत झिकाइदै छ। उनीविरुद्ध भारतमै मुद्दा चलाइने छ।
फेब्रुअरी २० मा वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतले मोदीलाई भारतमा सुपुर्दगी गर्नु मानवअधिकारको पालना भएको फैसला सुनाएको थियो।
केन्द्रीय अनुसन्धान ब्यूरोले वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतको फैसला महत्वपूर्ण रहेको बताएको छ।
यसले ठगीमा संलग्न सबै भगौडेहरुलाई कानुनी दायरामा ल्यान मद्दत पुग्ने जनाएको छ। पीएनबीका अनुसार निरव मोदी, उनका भाइ, श्रीमती र व्यापारी पाट्नरले ठगी गरेको थियो।
निरव, उनका भाइ निशाल, श्रीमती अमी र मेहुल चिनुभाइ चोकसीले बैंकका कर्मचारीसँग मिलेर षड्यन्त्र गरेर नोक्सान पुर्याएका थिए। यो सबै हीरा र यूएस, सोलर एक्सपोर्ट र स्टेलर हीराको पार्टन हुन् ।
यी चार जनाविरुद्ध भारतीय दण्डसंहिताका धाराहरूको अनुसार मुद्दा दायर गरियो, जुन आपराधिक षड्यन्त्र गर्ने, जालसाझीसँग जोडिएको छ । यसबाहेक प्रिवेसन अफ करप्सन एक्टको प्रावधानअनुसार आरोप लगाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।