बर्लिन- जर्मनीकी चान्सलर एन्गेला मर्केलले कोरोनाविरुद्धको खोप एस्ट्राजेनिका लगाएकी छिन्। पहिलो चरणको खोप स्वरुप उनले शुक्रबार एस्ट्राजेनिकाकाे खोप लगाइएकी हुन्।
जर्मनीका स्वास्थ्य अधिकारीहरूले दुई हप्ता अगाडि ६० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले एस्ट्राजेनिका खोप लगाउन मिल्ने सिफारिस गरेका थिए।
उनीहरूको सिफारिस अनुसार खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन्।
'आफ्नो सुरक्षा र आम नागरिकलाई खोपप्रति आकर्षण गर्न मैले आज पहिलो चरणको एस्ट्राजेनिका खोप लगाएको छु,' सामाजिक सञ्जाल ट्वीटरमा उनले शुक्रबार लेखेकी छिन्,'हरेक व्यक्तिले यो खोप लगाउनु पर्छ। त्यसका लागि सरकारले खोप अभियान चलाएको छ।'
यो खोप हानीकारक रहेको भन्दै केही समय विभिन्न देशहरूले लगाउन छाडेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।