ट्यूनिस- ट्युनिसियामा आप्रवासी सवार डुङ्गा दुर्घटना हुँदा कम्तिमा २१ जनाकाे मृत्यु भएकाे छ। उक्त दुर्घटनाट्युनिसियाको सफाक्स शहर नजिक भएकाे हाे।
ट्युनिशियाको नागरिक सुरक्षा सेवाका निर्देशक मुउार्ड मेच्रीका अनुसार भूमध्यसागर पार गर्दै इटालीको दक्षिणी लाम्पेडुसा हिँडेका आप्रवासी सवार डुङ्गा दुर्घटना भएकाे हाे।
अफ्रिका र मध्यपूर्वी देशमा भइरहेकाे द्वन्द्व र गरीबीकाे समस्याबाट उन्मुक्ति पाउन सयाैं आप्रवासी युरोपमा छिर्ने याे रुट प्रयाेग गर्दै आएका छन्
गत महिना मात्रै स्फेक्समा डुङ्गा दुर्घटना हुँदा ३९ आप्रवासीकाे ज्यान गएकाे थियाे। यस्तै, गतवर्ष जुनमा भएकाे दुर्घटनामा कम्तिमा ६० व्यक्तिको मृत्यु भएकाे थियाे।
स्थानिय अधिकारीहरुका अनुसार यूराेप छिराउन मानव तस्करहरूले माझीका डुङ्गा प्रयाेग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।