जेरुसेलम- इजरायली सेनाले प्यालेस्टाइनी क्षेत्र गाजा पट्टीमा हवाई आक्रमण गरेकाे छ।
शुक्रबार मध्यरातमा लडाकू विमानहरूले दक्षिणी इजरायलमा पर्ने जुहर अल-डिकमा हवाई आक्रमण गरेकाे हाे।
‘हमासले सञ्चालन गरेको हतियार उत्पादन केन्द्र, हतियार ओसारपसार गर्ने टनेल र सैन्य चौकीमा हवाई आक्रमण गरिएको हो,’ इजरायली सेनाले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘हामी इजरायली नागरिकमाथि हुने खतरा सहन सक्दैनौं।’
यद्यपि, आक्रमणबाट मानविय क्षति नपुगेकाे गाजाका सुरक्षा स्रोतले जानकारी दिएकाे छ। प्यालेस्टाइन मान समाचार एजेन्सीका अनुसार दक्षिण पूर्वी र मध्य गाजाको अल बुरेज शरणार्थी शिविरको पूर्वमा रहेको कृषि क्षेत्रलाई लक्षित गरेर आक्रमण गरिएकाे थियाे।
इजरायली सेनाका अनुसार बिहीबार दिउँसो सीमावर्ती शहर सेदरोटलाई लक्षित गरेर गाजाबाट रकेट प्रहार गरिएकाे थियाे।
तर उक्त रकेट खुला मैदानमा खसेकाे बताइन्छ। साथै मानविय र भाैतिक क्षति भएकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।