काठमाडौं- जर्मन चान्सलर एन्जेला मार्केलले कोरोना संक्रमितको संख्या उच्च भएको स्थानमा लकडाउन र कर्फ्यू लगाउने अधिकार सरकारलाई दिन आग्रह गरेकी छिन्।
जर्मन सरकारलाई देशभर लकडाउन र कर्फ्यू लगाउने अधिकार नदिइएकाे भन्दै उक्त विधेयक पारित गर्न संसदमा आग्रह गरेकी हुन्।
शुक्रबार तल्लो सदनमा सभासद्हरुलाई सम्बोधन गर्दै मार्केलले कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको भन्दै लकडाउन र कर्फ्यूको आवश्यक भएको बताइन्।
‘अवस्था अत्यन्त गम्भीर छ र हामीले यसलाई गम्भीरताका साथ लिन आवश्यक छ,’ उनले भनिन्, ‘धेरै नागरिक कडा कदम चाल्नुपर्ने पक्षमा छन्।’
जर्मनमा २५ हजार ८३२ नयाँ संक्रमित थिएका छन्। यस्तै २७४ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै जर्मनमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख पुगेको छ भने २ लाख ७५ कोरोना संक्रमित निक्को भएका छन्।
यस्तै, ७९ हजार ६७२ कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।