बैंग्लुरु- भारतको दक्षिणी राज्य कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पालाई कोरोना संक्रमण भएको छ। ७८ वर्षे येदियुरप्पा दोस्रो पटक कोरोना संक्रमित भएका हुन्।
उनलाई बैंग्लुरुको मणिपाल अस्पतालमा भर्ना गरिएको छ। मुख्यमन्त्रीको कार्यालयका अनुसार येदियुरप्पालाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो।
‘हल्का ज्वरो आएपछि आज मैले कोरोना परीक्षण गरें र मेरो रिपोर्ट पोजेटिभ आयो। जे होस् मेरो अवस्था राम्रै छ। म डाक्टरहरुको सल्लाहको आधारमा अस्पतालमा भर्ना भएको हुँ,’ उनले ट्वीटरमा लेखेका छन्।
आफ्नो सम्पर्कमा आएकालाई पनि कोरोना परीक्षण गर्न उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।