इन्डियानापोलिस- अमेरिकाको इन्डियानापोलिस सहरमा एक व्यक्तिले अन्धाधुन्ध गाेलि चलाउँदा ८ जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्।
बिहीबार राति इन्डियानापोलिसको एयरपोर्ट नजिकै मिराबेल रोड ८९५१ स्थित फेड एक्स कम्पनीमा गोली चलेको हो। मृतक र घाइतेहरु सोही कम्पनीमा कार्यरत रहेको बताइएको छ।
इन्डियानापोलिस मेट्रोपोलिटन पुलिस विभाग (आईएमपीडी) की प्रवक्ता जेनी कुकका अनुसार घाइते मध्येका तीन जनालाई अस्पताल भर्ना गरिएको छ।
तीमध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइ छ। अन्य दुई उपचार पछि डिस्चार्ज भएका थिए।
एक प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले हातमा राइफल बोकेका थिए।
‘काम गरिरहेका थिएँ। यतिकैमा गोलीको आवाज सुनें। गएर हेर्दा मैले एकजना मानिसलाई आफ्नो हातमा राइफल लिएर बाहिर आएको देखें र उसले गोली हाने शुरु गरे,’ लेवी मिलरले डब्ल्यूटीएचआर टिभीलाई भनिन्।
बन्दुकधारी को हुन् र उनको उद्देश्य के हो अझै खुल्न सकेको छैन। ‘हामी अझै यस घटना के कारणले घट्यो भनेर पत्ता लगाउने कोशिस गरिरहेका छौं,’ उनले भनिन्।
घटनापछि आक्रोशित भीडले सडकमा प्रदर्शन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।