बग्दाद- इराकको राजधानी बग्दादमा भएको बम विष्फोटमा एक जनाको मृत्यु भएकाे छ। घटनामा १२ जना घाइते भएका छन्।
इराकी सेनाका अनुसार विष्फोट हबिबियाको नजिकै सदर शहरी क्षेत्रमा भएको हाे।
प्रारम्भिक अनुसन्धानमा उक्त बम विष्फोटमा परी एक जना व्यक्तिको मृत्यु भएकाे छ र १२ जना घाइते भएका छन्, सेनाले जारी गरेकाे एक विज्ञप्तिमा भनिएकाे छ।
२०१७ मा इस्लामिक स्टेट समूह पराजय भएपछि बग्दादमा विष्फोटको घटना बढ्दै गएको छ।
जनवरीमा भएकाे दुई आत्मघाती बम विष्फोटमा ३ सयभन्दा बढी व्यक्तिको ज्यान गएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।