• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गण्डकीमा कांग्रेसको चिन्ता : विशेष अधिवेशनको मागले प्रदेश प्रमुख नै हटाइन सक्छन्

64x64
लिलु डुम्रे बिहीबार, वैशाख २, २०७८  १८:५५
1140x725

काठमाडौं- गण्डकी प्रदेश सरकार परिवर्तनका लागि प्रयत्न अघि बढेसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो रणनीति पनि अघि बढाएका छन्। उनले बुधबार राति नै प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिदिए। तैपनि, बिहीबार कांग्रेस, माओवादी केन्द्र र जसपाले गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए। उनीहरूले विशेष अधिवेशनको लागि समावेदन दिएका छन्।

राति नै अधिवेशन अन्त्य गर्ने मुख्यमन्त्रीको कदमले उनी थप अघि बढ्न सक्ने वा त्यसखालको परिस्थिति सिर्जना गर्ने हुन् कि भन्ने डर कांग्रेसलगायत प्रतिपक्षी दलमा सिर्जना भएको छ। मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन्। मुख्यमन्त्रीका रूपमा आफूले गर्न सक्ने निर्णय गर्ने मात्रै होइन, आवश्यक पर्दा केन्द्रबाट निर्णय गराउन सक्ने सुविधा पनि उनलाई छ।

आकस्मिक रूपमा प्रदेश सभा अधिवेशन अन्त्य गर्ने मुख्यमन्त्रीको कदमप्रति विपक्षी दल भने क्रुद्ध बनेका छन्। उनीहरूले अविश्वासको प्रस्ताव दर्ता गरे पनि त्यसको प्रक्रिया तत्काल अघि बढ्ने स्थिति छैन। परिणामतः उनीहरूले विशेष अधिवेशनको माग गरेका ‍हुन्। प्रदेश प्रमुख अमिक शेरचनलाई सम्बोधन गर्दै पत्र लेखेर कांग्रेस, माओवादी केन्द्र र जसपाले विशेष अधिवेशनको लागि समावेदन गरेका हुन्। 

मुख्यमन्त्रीमाथि दर्ता गरिएको अविश्वास प्रस्तावमा कांगेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ। पोखरेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा सहमत छन्। मुख्यमन्त्रीका विरुद्धमा बहुमत पुग्ने अवस्था देखिए पनि संसद अधिवेशन नै लामो समय आह्वान नहुने हो कि भन्ने डर कांग्रेसमा पलाएको छ।

नेपालको संविधानमा प्रदेश प्रमुखले विशेष अधिवेशनको मिति तोक्ने व्यवस्था छ। संविधानको धारा १८३ (३) मा उल्लेख छ- प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

सामान्यतः विशेष अधिवेशन माग गरेको १५ दिन भित्रमा अधिवेशन बोलाइने नेपाली संसदीय परम्परा छ। नेपालको अन्तरिम संविधान, २०६३ ‍मा १५ दिनभित्रै संसद् अधिवेशन बोलाउनुपर्ने भन्ने किटान गरिएको थियो। त्यसअघि २०४७ सालको संविधानमा पनि दिन तोकिएको थिएन। २०७२ सालमा जारी अहिलेको संविधानले पनि दिन तोकेको छैन। प्रदेश सभाको अधिवेशन आह्वानको हकमा स्पष्ट दिनसहितको बाध्यकारी व्यवस्था छैन।

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव : यसकारण यो सरकार असंवैधानिक छ [पूर्णपाठ सहित]बिहीबार, वैशाख २, २०७८

यसअघि गण्डकी प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथामका सन्दर्भमा सदनमा सरकारको जवाफ खोज्न माग गरिएपछि प्रदेश सभा बैठक डाकिएको थियो। कांग्रेस र जनता समाजवादीले विशेष अधिवेशनको माग गरेपछि गत पुसमा प्रदेश प्रमुख शेरचनले बैठक आह्वान गरेका थिए। तत्कालीन समयमा संसद बैठकका लागि लिखित पत्र पेश गरेको १३ दिनपछि बैठक डाकिएको थियो। सोही प्रचलनको आधारमा प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाउने आशा विपक्षी दलमा छ। तर, आशंका पनि उत्तिकै छ। प्रदेश प्रमुख शेरचनले विशेष अधिवेशन आह्वान नगर्दै उनी नै हटाइने डर कांग्रेसमा छ।

कांग्रेसका प्रदेश सभा सदस्य विन्दुकुमार थापाले भने, ‘प्रदेश प्रमुख माओवादी केन्द्रबाट सिफारिस भएर हुनुभएको हो। प्रधानमन्त्री निकटको प्रदेश प्रमुख नभएकाले उहाँलाई हटाइदिने डर पनि छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपालको संविधानमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्ति गर्ने व्यवस्था छ। तर, सरकारले चाहेका बेला जुनसुकै प्रदेश प्रमुख जतिसुकै बेला पनि हटाइन सक्ने परम्परा स्थापित भइसकेको छ। सोही प्रयोग शेरचनमाथि पनि लागू गराइन सक्छ। आफूनिकट मुख्यमन्त्री गुरुङलाई जोगाउने अन्तिम उपायहरू खोज्दै गर्दा ओलीको यस्ता उपाय लागू गराउन सक्छन्। जसले गर्दा अधिवेशन बोलाइने मिति लम्ब्याउने सम्भव भएसम्मका रणनीति अख्तियार गर्ने हुनसक्छन्।

नयाँ प्रदेश प्रमुख बनेको अवस्थामा संसदको विशेष अधिवेशन लामो समय आह्वान नहुन पनि सक्छ। वा गुरुङको पक्षमा माहोल स्पष्ट भएपछि बोलाइन सक्छ। तत्कालै विशेष अधिवेशन बस्न नसके नयाँ सरकार बन्ने प्रक्रिया पनि शुरु हुन सक्दैन।

यो पनि पढ्नुहोस्

यी हुन् गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्रीबिहीबार, वैशाख २, २०७८

 

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्