जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने भएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिएका हुन् ।
मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री यादवले भोलि बुधबार दिउँसो ३ बजेसम्म विश्वासको मत लिने बताएका हुन् ।
आज प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिन लागेको उनले बताए ।
विगतमा सहयोग गरेका दलहरूले आफूलाई विश्वासको मत दिने उनले आशा व्यक्त गरे ।
गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भन्दै ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा सोमबार सर्वोच्च अदालतले यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो ।
२४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।