• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव : यसकारण यो सरकार असंवैधानिक छ [पूर्णपाठ सहित]

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २, २०७८  १५:५६
1140x725

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। बिहीबार अपरान्ह मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो। मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन्। राष्ट्रिय जनमोर्चाका सांसद्हरुले हस्ताक्षर नगरे पनि अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय पार्टीले लिइसकेको छ। अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने, संवैधानिक निकायसम्बन्धीलाई समाप्त गर्ने गतिविधिलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्‍यो, समर्थन गर्‍यो।

अविश्वास प्रस्तावमा गण्डकी सरकार असंवैधानिक भएको बताइएको छ। 'प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने, संवैधानिक निकायसम्बन्धीलाई समाप्त गर्ने गतिविधिलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्‍यो, समर्थन गर्‍यो। रोस्टममा उभिएर संविधानको शपथ खाएका मन्त्रीले संविधानविरोधी कार्यको वकालत गर्नुभयो। नेकपा विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बनिसकेपछि संविधानको धारा १८८ (२) अनुसार माननीय पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुपर्नेमा संविधानले तय गरेको एक महिनाको समयसीमा नाघ्दासमेत विश्वासको मत नलिएर संविधानको अवज्ञा गर्नुभएको छ। यसकारण यो सरकार असंवैधानिक छ,' अविश्वास प्रस्तावमा भनिएको छ।

जनअपेक्षा र विश्वासको कदर गर्दै संघीयता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउँदै संवैधानिक तरिकाले गण्डकी प्रदेशलाई सर्वश्रेष्ठ प्रदेश बनाउने साझा संकल्पलाई पूरा गर्न गुरुङ नेतृत्वको सरकार चुकेको आरोप अविश्वास प्रस्तावमा लगाइएको छ।

'कोरोनाको उपचारका लागि एक अस्पतालबाट अर्को अस्पताल दौडाउँदै ट्याक्सीमा जीवन गुमाउनुको विवशता, बेड नपाएर अक्सिजन, भेन्टिलेटर, आईसीयू नपाएर अस्पतालका प्राङ्‍गणमा मृत्यु भइरहँदा जनताको जीवन रक्षाको पहल र प्रयत्‍न गर्नुको साटो आफ्नो पार्टीको आन्तरिक समस्यामा अल्झने, प्रधानमन्त्रीले चाल्नुभएको असंवैधानिक कदमको बचाउ र समर्थनमा व्यस्त भयो सरकार,' अविश्वास प्रस्तावमा भनिएको छ।

गुरुङको सरकार रहिरहँदा चुनौती र समस्या अझ गम्भीर बन्दै जाने, जनताको अपेक्षा र विश्वास घट्दै जाने अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशको विकास निर्माण र उन्‍नति कम हुँदै जाने हुँदा प्रदेशले ठूलो क्षति व्योहोर्नुपर्ने अविश्वास प्रस्तावमा भनिएको छ।

अविश्वास प्रस्ताव:

Ncell 2
Ncell 2

माननीय सभामुख ज्यू
प्रदेश सभा सचिवालय गण्डकी

प्रदेश विषयः अविश्वासको प्रस्ताव पेस गरिएको।

नेपाली जनताको अभूतपूर्व संग्लनता घाइते, अपाङ्‍ग, वेपत्ता पारिएका नागरीक र जिवन उत्सर्ग गर्ने शहीदहरुको शहादतबाट संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात ऐतिहासिक प्रदेशसभाको गठन भयो। द्धन्द, असहमति र अस्थिर राजनीतिको अन्त्य गर्दै प्रदेशका जनताले ठूलो विश्वास र अपेक्षाका साथ माननीय पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा करिब दुइतिहाई समर्थन रहेको सरकार गठनको मत दिए। जनअपेक्षा र विश्वासको कदर गर्दै संघीयता, लोकतन्त्र र गणतन्त्रलाई सबल बनाउँदै संवैधानिक तरिकाले गण्डकी प्रदेशलाई सर्वश्रेष्ठ प्रदेश बनाउने साझा संकल्पलाई पुरा गर्न यो सरकार चुकेको छ। नीति तथा कार्यक्रममा बजेटमा योजना घोषणा गर्ने तर कार्यान्वयन तर्फ उदासीन हुने प्रवृत्तिले बजेट खर्च अन्त्य न्यून रहेको छ।

महंगी अस्वभाविक रुपमा बढेको छ, बेरोजगारीको वृद्धि चरममा छ। बेरुजुको मात्रा अत्याधिक बढेर गएको छ भने, महालेखा परिक्षकले आफ्नो वार्षिक प्रतिवेदनमा आर्थिक अनियमितता भएको भन्दै असुल उपर गर्नुपर्ने समेत उल्लेख गरेकोले, सरकारले आर्थिक शुसासन र पारदर्शिताको दाबीलाइ चुनौती दिएको छ। कोरोनाको कहर उत्कर्षमा रहँदा प्रदेशसभाले निर्णय गरेर आइ.सी.यु भेन्टिलेटर र स्वास्थ्य सामाग्री खरिद गर्न बजेट विनियोजन गर्दा पनि उक्त कार्य एक वर्ष सम्म पनि गर्न नसक्नु असक्षमता र अकर्मण्यता नै हो। कोरोनाको उपचारका लागि एक अस्पतालबाट अर्को अस्पताल दौडाउँदै ट्याक्सीमा जीवन गुमाउनुको विवशता, बेड नपाएर अक्सिजन, भेन्टिलेटर, आइ.सी.यु. नपाएर अस्पतालका प्राङ्‍गणमा मृत्यु भइरहँदा जनताको जीवनको जीवन रक्षाको पहल र प्रयत्न गर्नुको साटो आफ्नो पार्टीको आन्तरिक समस्यामा अल्झने, प्रधानमन्त्रीले चाल्नु भएको असंवैधानिक कदमको बचाउ र समर्थनमा व्यस्त भयो सरकार। प्रदेशसभालाई, विषयगत समेत समितिहरुलाई अत्यन्त न्यून बजेट दिएर संसदीय कार्यलाइ वाधित गरियो।

प्रतिपक्ष मात्र हैन सत्ताका सहयात्रीहरुलाई अनवरत रुपमा गरिएको अपमान, उपेक्षाको निर्मम प्रहारले समन्वय र सहमतीको यात्रालाई कमजोर बनाउनेतर्फ सरकार उद्दत रह्यो। माओवादी मन्त्रीहरु जनतासँग घोषणापत्रमार्फत प्रतिबद्धता अनुसार कार्यान्वयन गर्न खोज्दा सरकार प्रमुखबाट निरन्तर असहयोग रह्यो। प्रधानमन्त्रीले प्रतिनिधिसभा भङ्‍ग गर्ने, संवैधानिक निकाय सम्बन्धिलाई समाप्त गर्ने गतिविधीलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्यो, समर्थन गर्यो। रोष्टममा उभिएर संविधानको शपथ खाएका मन्त्रीले संविधान विरोधी कार्यको वकालत गर्नुभयो। ने.क.पा. विभाजित भएर नेकपा (एमाले) र ने.क.पा. (माओवादी केन्द्र) बनी सकेपछि संविधानको धारा १८८ (२) अनुसार माननीय पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुपर्नेमा संविधानले तय गरेको एक महिनाको समयसीमा नाघ्दा समेत विश्वासको मत नलिएर संविधानको अवज्ञा गर्नुभएको छ। यसकारण यो सरकार असंवैधानिक छ।

उपर्युक्त परिस्थितिमा माननीय पृथ्वीसुब्बा गुरुङको सरकार रहिरहँदा चुनौती र समस्या अझ गम्भीर बन्दै जाने, जनताको अपेक्षा र विश्वास घट्दै जाने अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशको विकास निर्माण र उन्नती कम हुँदै जाने हुँदा प्रदेशले ठुलो क्षति व्योहोर्नुपर्ने हुन्छ। अतः नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेशसभा नियमावलीको नियम १४४ को उपनियम १ बमोजिम हामी तपशीलका गण्डकी प्रदेशसभा सदस्यहरुले माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि प्रदेशसभाको विश्वास छैन भनि अविश्वासको प्रस्ताव पेस गरेका छौँ। नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजम मुख्यमन्त्री पदका लागि माननीय कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्तावित गरेका छौँ।

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ?
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै
सम्बन्धित सामग्री
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी कमल गाउँपालिकाका कार्यकर्तासँगको भेटमा ओलीले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एकढिक्का रहेको ब... बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो कुल ८२ कम्पनीको सेयर मूल्य बढ्यो, १७४ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये अन्य उपसमूह मात्रै... बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्