रंगुन- जुन्ता सरकारविरुद्ध प्रदर्शनकाे नेतृत्व गरिरहेका एक मुस्लिम नेता पक्राउ परेका छन्। जुन्ता सरकारविरुद्ध निकालिएको मोटरसाइकल र्यालीको नेतृत्व गरिरहेका २५ वर्षेिय वाई मोई नाइङ्गलाई बर्मेली सुरक्षा फौजले बिहिबार पक्राउ गरेकाे हाे।
अन्तर्राष्ट्रिय सामाचार एजेन्सी राेयटर्सका अनुसार म्यानमारको मुख्य सहर रंगुनबाट ७०० किलोमिटर उत्तरमा रहेको मोनिवा सहरमा जुलुसको नेतृत्व गर्न जाँदै गरेको बेला नाइङ्गलाई कारले ठक्कर दिएर पक्राउ गरिएको हाे।
‘हाम्रो भाइलाई गिरफ्तार गरिएको छ। उनको मोटरसाइकललाई अज्ञात कारले ठक्कर दियो, जुन प्रहरीले चलाएको थियो,’ एक प्रदर्शनकारी आयोजक समूहका सदस्य विन ज्वा खियाङ्गले सामाजिक सञ्जालमा भने।
२५ वर्षे मुस्लिम नाइङ्ग जुन्ता सरकारको विपक्षमा उभिन्ने सबैभन्दा उच्च प्रोफाइल भएको नेता हुन्।
सामाजिक सञ्जालमा पोष्ट गरिएको एक भिडियोमा उनी सवार मोटरसाइकलमा ठक्कर दिएको देखिएको छ। उक्थत भिडियोमा कारको नम्बर प्लेट कालो देखाइएको छ। म्यानमारमा यस्तो नम्बर प्लेटका गाडि चलाइँदैन।
मोनिवामा प्रजातन्त्र पुनर्बहालीको लागि सबैभन्दा ठुलो विरोध कार्यक्रम हुँदै आएको छ। जसलाई रोक्न सुरक्षा फौजले अत्याधिक दम गरिरहेको छ।
यता स्विडेनी दूतावासले सबै बन्दीहरुलाई उचित स्वास्थ्य सेवा प्रदान गर्न र मानव अधिकारको सम्मान गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।