काबुल- चरमपन्थी संगठन तालिवानीले मुस्लिम विरोधीविरुद्ध लड्न तयार रहेकाे बताएका छन्।
तालिवान नियन्त्रित अफ्गानिस्तानकाे बाल्ख जिल्लाका छाया मेयर हाजी हिकमतले इस्लामिक कानुन‘सारिया’अनुसार काम गर्ने मुस्लिम सरकार आफ्नाे चाहना भएकाे भन्दै यसकाे लागि लड्न तयार रहेकाे बताएका हुन्।
‘हामी शान्तिको लागि जे गर्न पनि तयार छौं, जबसम्म माग पुरा हुँदैन हामी मुस्लिमको हितका लागि र मुस्लिम विरोधीसँग लडिरहन्छौं,’ उनले बीबीसीसँग भने।
अमेरिकाले आगामी सेप्टेम्बर ११ सम्ममा आफ्ना सबै सेनाहरु अफगानिस्तानबाट फर्काउने निर्णय गरेसँगै उनले उक्त अभिव्यक्ति दिएका हुन्। यस्तै उनले अमेरिका आफ्नाे संगठनसँग पराजित भएकाे समेत दावी गरेका छन्।
गतवर्ष पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग तालिवानले शान्तिवार्ता गरेको थियो। अमेरिकी राष्ट्रपति जाे वाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले फेब्रुअरी २०२० मा गरेको सम्झौता अन्तर्गत अमेरिकाले अफगानिस्तानमा रहेका सबै २५ हजार सेना फिर्ता लिने प्रतिज्ञा गरेका थिए।
तर, त्यसको केही दिनमा वाइडेनले मे १ सम्म अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता गर्न नसकिन बताएका थिए। तर, तालिवानीले अमेरिकाले उक्त प्रतिज्ञा पूरा नगरेकाे युद्धमा फर्किने चेतावनी दिएकाे थियाे।
अफगान युद्धमा अन्तर्राष्ट्रिय गठबन्धन नेटोका ३५ सय सेनाको मृत्यु भएको छ। तीमध्ये २३ सय अमेरिकी सेना हुन्। यद्यपि, शान्ति सम्झाैता भएपछि तालिवानले अमेरिकी सेनालाई आक्रमण गरेकाे छैन। तर, सरकारी सेना र सरकारी कार्मचारीलाई भने तालिवानले निशानामा पार्दै आएको छ।
अमेरिकी सेनाहरु फर्किने भएसँगै अमेरिका र तालिवानबीचको २० वर्षयताको युद्ध पनि समाप्त हुने भएको छ। यद्यपि, सरकार र तालिवानबीच सहमति हुन सकेको छैन। सरकारले तालिवान स्वतन्त्र पार्टीको रुपमा राजनीतिमा आउनु आग्रह गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।