काठमाडौं– अमेरिकाले आगामी सेप्टेम्बर– ११ तारिखसम्ममा अफगानिस्तानमा रहेका आफ्ना सैनिक फिर्ता ल्याउने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।
सेना फिर्ता गरे पनि अफगानिस्तानलाई दिँदे आएको सहयोग भने जारी राख्ने राष्ट्रपतिले घोषणा गरेको सञ्चारमाध्यमले जनाएका छन्।
यो अफगानिस्तानमा रहेको अमेरिकाको सबैभन्दा लामो समयको युद्धको अन्त्यको घोषणा पनि सँगै उनले गरेका छन्।
बुधबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा जारी युद्ध अन्त्यको घोषणा गरेका हुन्।
सम्बोधनका क्रममा उनले यही मे १ तारिखदेखि नै अमेरिकी फौज फिर्ता गर्ने प्रक्रिया सुरु हुने बताएका थिए।
अमेरिकी राष्ट्रपति बाइडेनको यो घोषणासँगै सेप्टेम्बर ११ अघि नै सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका हुन्। यतिखेर अफगानिस्तानमा नौ हजार ६०० नेटो सैनिक रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।