काठमाडाैं- कोरोना भाइरससम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका प्रमुख डा एन के अरोराले भारतमा देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको दाबी गरेका छन्।
सानो सानो क्षेत्रमा छुट्टाछुट्टैरुपमा लकडाउन लागु गर्न आवश्यक हुन सक्ने, तर देशव्यापी लकडाउन एकैचोटी गर्न भने नहुने उनले बताएका हुन्।
कोरोना भाइरसको सङ्क्रमण दर न्यून हुँदै जाओस् भन्ने हाम्रो उद्देश्य छ, तर त्यसका लागि लकडाउन नै लगाउनुपर्छ भन्ने चाहिँ होइन। सानोसानो क्षेत्रमा भने लकडाउन स्थानीय आवश्यकता र अवस्थाअनुसार लगाउनु उपयुक्त हुनेछ, उनले भने।
भारतमा मंगलबार मात्रै कोरोना भाइरसबाट थप एक लाख ८४ हजार जना संक्रमित भएका थिए। योसँगै भारतमा कूल संक्रमित एक करोड ३८ लाख ७३ हजार ८२५ पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।