लखनउ- भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टी अध्यक्ष अखिलेश यादवलाई कोरोना भाइरस संक्रमण भएको छ।
बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष यादवले संक्रमण भएको जानकारी दिए।
उनी भारतको उत्तराखण्डस्थित हरिद्वारमा आयोजित महाकुम्भ मेलाबाट फर्किएका थिए।
केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिले कोरोना जाँच गर्न र आइसोलेसनमा बस्न उनले आग्रह गरेका छन्।
हरिद्वार भ्रमणमा रहँदा उनले आफ्ना समर्थक, साधुसन्तसँग भेटघाट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।