बेइजिङ- चीन सरकारले ताइवान आफ्नै भएकाे दाबी पुन: दाेहाेर्याएकाे छ। अमेरिकाले आफ्ना केही प्रतिनिधि ताइवानमा पठाएपछि चीनले उक्त कुरा दाेहाेर्याएकाे हाे।
चीनले ताइवानलाई आफ्नो वान चाइना पोलिसी अन्तर्गत आफ्नो हिस्सा मान्दै आएको छ। तर, ताइवानले भने आफू एक सम्प्रभूता सम्पन्न मुलुक भएको दाबी गर्दै आएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाले ताइवानविरुद्धकाे मुद्दाकाे आगाेमा घिउ थपेकाे आराेप लगाए।
'अमेरिकाले ताइवानसँग सबै सम्पर्कलाई तुरुन्त रोक्नुपर्छ। ताइवानको स्वतन्त्रत सेनालाई गलत संकेत पठाउनु हुँदैन ताकि विनाशकारी प्रभाव नपरोस्। यसले चीन-अमेरिकी सम्बन्ध र ताइवान सामुद्रिक क्षेत्रमा शान्ति र स्थिरतालाई क्षति पुर्याउँछ,' उनले भने।
चीन र ताइवानबीच केही वर्षदेखि क्षेत्रीय र कूटनीतिक मुद्दा चलिरहेकाे छ। यस मुद्दामा अमेरिकाले हात हालिरहेकाे छ। यसलाई लिएर चीन र अमेरिकाबीच निरन्तर आराेप/प्रत्याराेप चल्दै आएकाे छ।
चीनले यो महिनामा दक्षिण चीन सागरको दक्षिणी ताइवान तथा ताइवान नियन्त्रित प्रतास द्वीपमा आफ्नो विमान पठाएँदै आएको छ। सोमबार पनि चीनको विमानले एयर डिफेन्स आइडेन्टिफिकेशन जोनदेखि प्रतास द्वीपको दक्षिण पश्चिम ताइवानसम्म उडान भरेको थियो।
ताइवानको रक्षा मन्त्रालयका अनुसार सोमबार ताइवानको एयर डिफेन्स आइडेन्टीफिकेशन जोनमा २५ विमान प्रवेश गरेको छ। जसमा लडाकू विमान समेत रहेको बताइएकाे छ।
पछिल्लो एक वर्षमा चीनले यसलाई सबैभन्दा ठूलो अतिकक्रमण भन्दै आएको छ भने अमेरिकाले लगातार रुपमा चेतावनी दिँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।