न्यूयाेर्क- अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले जोनसन एन्ड जोनसनको कोरोना भाइरसविरुद्धको खोपमाथि प्रतिबन्ध लगाउन सिफारिस गरेको छ। यो खोप असुरक्षित रहेको भन्दै प्रतिबन्ध लगाउन सिफारिस गरिएको हो।
यो खोप दिइएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिएपछि बढ्दो जोखिमलाई ध्यानमा राख्दै यो निर्णय लिइएको एफडीएले जनाएको छ।
एफडीएले एस्ट्राजेनेका खोपको पनि अनुसन्धान गरेको छ र यसको प्रयोगमा केही प्रतिबन्ध लगाएको छ।
‘रोग नियन्त्रण केन्द्र र रोकथाम केन्द्र (सीडीसी) ले रगत जम्ने ६ घटनाको अनुसन्धान पछि यो समस्या थाहा पाइएको हो,’ एफडीएले भनेको छ, ‘जोखिमलाई ध्यानमा राख्दै हामीले यस खोपको प्रयोग रोक्न सल्लाह दिइरहेका छौं।’
एफडीए र सीडीसीका अनुसार रगत जमाउने घटना वास्तवमा सेरेब्रल वेनस साइनस थ्रोम्बोसिस (सीवीएसटी) हो। त्यस्ता केसहरुलाई सामान्यभन्दा फरक उपचार चाहिन्छ।
रगत जमाउने सबै छ वटा केस १८ देखि ४८ वर्ष उमेरका महिलाहरूमा फेला परेका थिए, जसमा खोप लगाएपछि ६ देखि १३ दिनपछि लक्षणहरू देखा परेको थियो।
न्यूयोर्क टाईम्सले अधिकारीहरूको उद्धृत गर्दै भनेको छ,‘नेब्रास्कामा एक महिलाको मृत्यु भएको छ,अर्कीको अवस्था गम्भीर छ।’
एफडीए र सीडीसीले केही समस्या देखिएका तुरुन्त चिकित्सक कहाँ जान सुझाव दिएकाे छ।
‘जोन्सन एण्ड जोसनसन खोप लिनेहरुलाई टाउको दुख्ने, पेट दुख्ने, खुट्टा दुख्ने, वा खोपको तीन हप्ता भित्र सास फेर्न गाह्रो भयो भने तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नू,’ विज्ञप्तिमा भनिएकाे छ।
जोन्सन एण्ड जोसनसनले जनताको सुरक्षा आफ्नो प्राथमिकता रहेकाे भन्दै सबै प्रतिकूल घटनाबारेमा आफू जानकार रहेकाे बताएकाे छ।
‘हामीलाई थाहा छ थ्रोम्बोइबोलिक घटनाहरू। थ्रोम्बोसाइटोपेनिया खोप लिइसकेपछि पत्ता लगाइएको छ। हाम्रो खोप र यी दुर्लभ घटनाबीच कुनै स्पष्ट सम्बन्ध देखिएकाे छैन,’ कम्पनीले भनेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।