कराची- पाकिस्तानमा कट्टरपन्थी समूह र प्रहरीबीच भएकाे हिंसात्मक झडपमा तीन जनाकाे मृत्यु भएकाे छ। घटनामा दुई प्रदर्शनकारी र एक प्रहरीकाे मृत्यु भएकाे हाे।
इस्लामी पार्टी तहरीक-ए-लबैक, पाकिस्तानका प्रमुख मौलाना साद रिजवीको सोमबार भएकाे गिरफ्तारीविरुद्ध प्रदर्शनमा उत्रिएका र प्रहरी बीच झडप हुँदा उनीहरुकाे मृत्यु भएकाे हाे।
वरिष्ठ पुलिस अधिकारी गुलाम मुहम्मद डोगर नेहाका अनुसार लाहौर नजिक रहेकाे शहादरा कस्बेमा भएकाे घटनामा अन्य १० प्रहरी घाइते भएका छन्।
सरकारलाई धम्की दिएकाे आरोपमा उनलाई गिरफ्तार गरिएकाे प्रहरीले जनाएकाे छ।
शान्ति र सुव्यवस्था कायम गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।