न्यूयाेर्क- अमेरिकामा प्रहरीकाे गाेली लागेर एक अश्वेत युवक मारिएपछि तनाव उत्पन्न भएको छ। मिनियापोलिसको उत्तरी क्षेत्रमा अवस्थित ब्रुकलिन सेन्टरको ट्राफिक स्टपमा साेमबार प्रहरीले २० वर्षीय डाउन्ट राइटकाे गाेली हानी हत्या गरिएकाे हाे।
प्रहरीको गोली लागेर राइटको मृत्यु भएको खबर फैलिएसँगै मानिसहरू प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनै क्रममा सो क्षेत्र आसपासका करिब २० ओटा सपिङ सेन्टरमा चोरी भएपछि कर्फ्यू लगाइएकाे हाे।
प्रहरीले ट्राफिक नियम उल्लंघनको आरोपमा राइटलाई कारबाट बाहिर निकालेर हतकडी लगाउन खोजेको थियो। त्यसक्रममा घम्साघम्सी हुँदा प्रहरीको गोली लागेर ती युवकको मृत्यु भएको थियो।
स्थानीय प्रहरी अधिकारीले आफूहरुबाट गल्ती भएको बताए पनि प्रदर्शन रोकिएको छैन। प्रहरी अधिकृतले टेजर (मूर्च्छित) बनाउने बन्दुक जस्तै विद्युतीय हतियार) प्रयोग गर्ने क्रममा भुलबस बन्दुक निकालेको प्रहरी प्रमुख टिम ग्यानोनले बताएका छन्।
‘भुलबस’ गोली चलाउने प्रहरी अधिकृत किम पोटर रहेको बताइएको छ । उनी ब्रुकलिन सेन्टर प्रहरीमा पछिल्लो २६ वर्षदेखि सेवारत छिन् ।
‘म यो विश्वास गर्छु कि प्रहरी अधिकारीले आफ्नो टेजर प्रयोग गर्न खोज्दा बन्दुक प्रहार गर्न पुगिन्,’ प्रहरी प्रमुखले भने, ‘पीडितको परिवारको पीडा कम गर्न मैले व्यक्त गर्न सक्ने कुनै शब्द छैन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।