काठमाडाैं- भारतमा एकै दिनमा १ लाख ६१ हजार कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भारतमा १ लाख ६१ हजार ९१२ जना थप व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएकाे हाे।
त्यसैगरी भारतमा गएको २४ घन्टा यता ८७९ जनाको यस संक्रमणका कारण मृत्यु भएको छ। यो समेत गरी यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७१ हजार नाघेको छ।
कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७१ हजार ५८ जनाको मृत्यु भएको केन्द्रीय सरकारले मंगलबार जानकारी दिएको छ।
गएको आइतबार मात्र भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। भारतका कुल संक्रमितको संख्या १ करोड ३६ लाख भन्दा बढी भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।