इस्लामाबाद- चरमपन्थी संगठन तालिवानीले यो हप्ता अफगान शान्ति वार्ताको लागि बैठक डाकिए सहभागी नहुने बताएको छ। अफगान सरकार र तालिवानलाई बीच गतवर्ष दोहामा भएको सम्झौतालाई अन्तिम रुप दिने वार्ता गर्न लागिएको हो।
‘हामी १६ अप्रिलमा टर्कीमा हुने बैठकमा भाग लिन सक्दैनौं। यसको लागि हामी छलफलमा छौं,’ तालिवानका प्रवक्ता मोहम्मद नईमले भने।
टर्की बैठकको लागि कुनै मिति तोकेको छैन। यता अमेरिकाले सम्झौता अनुसार आगामी मे १ मा सबै सैनिक फिर्ता गर्नुपर्ने छ। तर, सैनिक फिर्ता हुने मिति नजिकिँदै गर्दा अमेरिकाले कुनै ठोस कदम चालेको छैन।
अमेरिकी राष्ट्रपति जो वाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले फेब्रुअरी २०२० मा गरेको सम्झौता अन्तर्गत अमेरिकाले अफगानिस्तानमा रहेका सबै २५ हजार सेना फिर्ता लिने प्रतिज्ञा गरेका थिए।
तर, त्यसको केही दिनमा वाइडेनले मे १ सम्म अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता गर्न नसकिन बताएका थिए। गत महिना, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले शान्ति योजनाको लागि बनाइएको ८ पृष्ठको प्रस्ताव तालिवान र अफगान सरकारलाई दिएका थिए। उनीहरुलाई यो प्रस्तावमाथि छलफल र पुनरावलोकन गर्न उनले आग्रह गरेका थिए।
ब्लिन्केनको शान्ति योजनामा महिला र अल्पसंख्यकको अधिकारको संरक्षण, संवैधानिक सुधार र अन्तरिम सरकारको प्रस्ताव गरिएको छ। वार्ताका लागि इस्लामिक सल्लाहकार काउन्सिलको स्थापना पनि गरिएको थियो जसले ती सबै सम्झौताबारे सल्लाह दिनेछ।
यता अफगानिस्तानका राष्ट्रपति अशरफ घनीले उक्त प्रस्तावलाई विकल्पका रुपमा मानेका छन्। उनले केही महिना भित्र निर्वाचन नभएसम्म अन्तरिम सरकारको नेतृत्व गर्नेछन्।
यता तालिवानले घनीको नेतृत्वको सरकार अस्वीकार गरिसकेका छन्। यसैबीच, अमेरिकी विशेष प्रतिनिधि जल्माय खलीलजाद अफगानिस्तान भ्रमण गरेका छन्।
काबुलस्थित अमेरिकी दूतावासका अनुसार खलीलजादले अफगानिस्तानको राजधानीमा चार दिन बिताएको थियो। उनले सरकारी अधिकारीहरू र नागरिक समाजका नेताहरूसँग भेट गरेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।