• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

क्रिप्टोकरेन्सी : २० खर्ब डलरको विश्व बजार

जोसेफ सोटिनेल मंगलबार, चैत ३१, २०७७  १५:०५
1140x725

लन्डन- सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तीव्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ। वालस्ट्रिट समेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको छ।

डिजिटल मुद्रा क्‍वाइनबेस न्यूयोर्कमा मङ्‍गलबार सूचीकृत हुँदै छ। १२ वर्षअघि स्थापित क्‍वाइनबेसको सफलताका बारेमा एएफपीले अनुसन्धान गरेको छ।

बिटक्‍वाइन
विश्वव्यापी वित्तीय सङ्‍कटको उभार चलिरहेको अवस्थामा सन् २००८ अक्टोबर ३१ मा एक/दुई जना अज्ञात व्यक्तिहरु (जसलाई सातोशी नाकामोतोको काल्पनिक नामबाट चिनिन्थ्यो)ले बिटक्‍वाइनका बारेमा श्वेतपत्र प्रकाशन गरे।

श्वेतपत्रमा भनिएझैं यसको मुख्य लक्ष्य नै भुक्तानीको एउटा चलायमान र विना अवरोधको विद्युतीय साधन निर्माण गर्नु थियो। यस्तो भुक्तानीलाई देशका केन्द्रीय बैंक वा वित्तीय संस्थाको निगरानीबाट सुरक्षित राख्‍ने अर्को लक्ष्य थियो। यस्तो कारोबारलाई सफ्टवेयरबाट नियमन गर्ने बनाइयो जहाँ यसका नियमलाई परिवर्तन गर्न लगभग असम्भव हुन्थ्यो।

कुनै पनि व्यक्तिले नयाँ बिटक्‍वाइन आफ्नो बनाउन सक्थ्यो, र यसका लागि विशाल तथ्यांक केन्द्रको जरुरत हुन्थ्यो। र, यसका निम्ति क्‍वाइनबेस जस्ता प्लेटफर्मले क्रिप्टोकरेन्सीको व्यापारलाई सहजीकृत गरेको थियो।

बैंक र पेपलबाट उपलब्ध निश्चित डिजिटल मुद्राहरुले पनि भुक्तानी र कारोबारलाई सहजीकरण भइरहेका छन्।

सन् २००९ को सुरुमा पहिलो लटमा ५० थान बिटक्‍वाइन सिर्जना गरिएयता हालसम्म झण्डै एक करोड ८७ लाख बिटक्‍वाइन बनाइएका छन्। नाकामोतोले दुई करोड १० लाख बिटक्‍वाइन बनाउने श्वेतपत्रमा लेखेका छन्।

लगानी
बिटक्‍वाइनबाट हुने सीमित भुक्तानी र यसको अस्थिरताका बाबजुत सुनजस्तो बहुमूल्य वस्तुलाई पनि यसले उछिन्‍ने अनुमान गरिएको छ। पछिल्ला दिनहरुमा सुनभन्दा बिटक्‍वाइनमा लगानी बढ्ने आकलन गर्न थालिएको छ।

Ncell 2
Ncell 2

नाइजेरियामा हालैका वर्षहरुमा डलरको तुलनामा आफ्नो मुद्रा नाइरालाई ५० प्रतिशतले अवमूल्यन गरिएको छ। नाइजेरियामा हाल झण्डै एकतिहाइ मानिसले क्रिप्टोकरेन्सी प्रयोग गर्न थालेको दाबी गरिएको छ।

सन् २०१८ मा बिटक्‍वाइनको मूल्यमा गिरावट आए पनि गत वर्षको अन्त्यदेखि फेरि यसको मूल्य अकाशिएको छ। गत वर्ष अक्टोबरमा प्रति बिटक्‍वाइनको मूल्य १२ हजार डलर रहेकामा एक महिना अघिमात्र यसको मूल्य ६० हजार डलरभन्दा बढी पुगेको छ।

यस पृष्ठभूमिमा केन्द्रीय बैंक र बजार नियामकहरुले बिटक्‍वाइनको अस्थिरताका बारेमा सर्वसाधारणलाई सचेत रहन चेतावनी दिएका छन्। उनीहरुले साना लगानीकर्ताले ज्यादै बढी नोक्सानी व्यहोर्नुपर्ने खतरा औंल्याइरहेका छन्।

तर, स्पष्ट के छ भने केही व्यक्ति एवं कम्पनीले बिटक्‍वाइनबाट ठूलो लाभ प्राप्त गरेका छन्। यही पक्षलाई विचार गरी प्रमुख केन्द्रीय बैंकहरुले आफ्नै डिजिटल मुद्राको सम्भाव्यता अध्ययन गर्न थालेका छन्।

विद्युतीय कार निर्माता टेस्लाले हालैमात्र बिटक्‍वाइनमा एक अर्ब ५० करोड डलर लगानी गरेको छ। गत मार्चदेखि टेस्लाले कारको भुक्तानीका लागि यही मुद्रालाई स्वीकार्न थालेको छ।

टेस्लाका अर्बपति प्रमुख कार्यकारी एलन मस्कले क्रिप्टोकरेन्सीका गुणका बारेमा सामाजिक सञ्‍जालमा पनि खुलेरै लेखेका छन्।

अन्य क्रिप्टोकरेन्सीहरु
बिटक्‍वाइनका प्रतिस्पर्धीका रुपमा धेरै किसिमका क्रिप्टोकरेन्सी विश्व बजारमा छन्। बजारमा दोस्रो स्थानमा हाल इथेरियम छ, र यसको मूल्य यसैसाता दुई हजार डलरभन्दा माथि पुगेको छ।

क्रिप्टोकरेन्सीको बजार समग्रमा २० खर्ब डलरभन्दा माथि पुगिसकेको क्‍वाइनमार्केटएपले जनाएको छ। यसले नाै हजारभन्दा बढी क्रिप्टोकरेन्सी सूचीकृत गरेको छ।

केही क्रिप्टोकरेन्सीलाई 'स्टाबलक्‍वाइन्स' पनि भन्‍ने गरिएको छ, जसको मूल्य अमेरिकी डलर बराबर हुने गरेको छ। यी मुद्रामा बिटक्‍वाइनमा देखिएजस्तो अस्थिरता छैन। रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सञ्चार मन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार
सम्बन्धित सामग्री
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा सामाजिक सञ्जाल “ट्रुथ सोशल” मा पोस्ट गर्दै  ट्रम्पले भनेका छन्,‘ ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस म... शनिबार, पुस १९, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो नयाँ वर्षको उत्सव चलिरहेका बेला स्थानीय समय अनुसार बिहीबार बिहान करिब १:३० बजे क्रान्स–मोन्टानास्थित ली कन्स्टेलिसन नामको बारमा आगला... शुक्रबार, पुस १८, २०८२
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन बंगलादेशको नेशनलिस्ट पार्टीले सामाजिक सञ्जालमार्फत् उनको निधन पुष्टि गरेको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
सञ्चार मन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता बुधबार, पुस २३, २०८२
अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बुधबार, पुस २३, २०८२
५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा मंगलबार, पुस २२, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्