काठमाडौं– भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भीलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।
कोभिड संक्रमितको संख्या तिव्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको बताइएको छ।
भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डिज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादद्वारा जारी विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएकामा निकै खुशी लागेको उल्लेख छ।
भारतमा हाल सेरम इन्स्टिच्युटले उत्पादन गरेको अस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति दिइएको छ। भारतमा हाल दैनिक कोभिड संक्रमितको संख्या एक लाख बढी छ।
रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड (आरडिआइएफ)को आर्थिक सहयोगमा विकास गरिएको स्पुतनिक भीलाई भारतमा उत्पादन अनुमति दिइएको छ। भारतमा यो खोप ८५ करोड २० लाख डोज उत्पादन हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।