काठमाडौं– पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई चुनाव प्रचार गर्न रोक लगाइएको छ। भारतको निर्वाचन आयोगले उनलाई एक दिनका लागि प्रचार गर्न रोक लगाएको हो।
बनर्जीमाथिको प्रतिबन्ध सोमबार रातिदेखि नै लागू भएको छ। केही दिन अघि चुनावी र्यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको भन्दै आयोगले उनलाई चुनाव प्रचारमा प्रतिबन्ध लगाएको हो।
पश्चिम बंगाल विधानसभा निर्वाचन २७ मार्चदेखि सुरु भएको थियो। आठ चरणमध्ये चार चरणको चुनाव सम्पन्न भइसकेको छ।
यसैबीच, निर्वाचन आयोगको निर्णयलाई मुख्यमनत्री बनर्जीले अलोकतान्त्रिक र असंवैधानिक भनेकी छन्।
प्रतिबन्धको विरोध गर्दै उनले मंगलबार कोलकाताको गान्धी मूर्ति अगाडि धर्नामा बस्ने घोषणा गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।