काठमाडौं– अनलाइन कम्पनी अलिबाबाले चीनको एकाधिकार विरोधी नियामकले लगाएको जरिवाना स्वीकार गरेको छ ।
नियामकले गरेको अनुसन्धानका क्रममा कम्पनीले वर्षौसम्म बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको पाएको बताएको थियो।
अनुसन्धानपछि अलिबाबालाई २ अर्ब ८० करोड डलर जरिवाना लगाउने निर्णय नियामकले गरेका थिए।
अलिबाबाले सोमवार जरिवाना स्वीकार गर्ने निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन्।
यो रकम सन् २०१९ मा घरेलु बजारमा कम्पनीको आम्दानीको अनुपातमा ४ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।