प्राग- चेक गणतन्त्रका विदेशमन्त्री थाेमस पेट्रिसिकलाई पदबाट बर्खास्त गरिने भएकाे छ। गत हप्ता आफ्नो सोशल डेमोक्र्याटिक पार्टी (सीएसएसडी) पार्टीको नेतृत्व गर्ने घाेषणा गरेपछि उनलाई बर्खास्त गरिन लागिएकाे हाे।
पार्टीका प्रमुख जान हमासेकले सोमबार पेट्रिसेकलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष प्रस्ताव पेश गर्नेछन्। पेट्रिसिक मन्त्रीपरिषद् सदस्य थिए। जो प्रायः रसिया र चीनसँग भएकाे घनिष्ठ सम्बन्धकाे विराेध गर्दै आएका थिए। पछिल्लाे समय रूस र चीन समर्थित राष्ट्रपति मिलोस जेमानसँग उनकाे सम्बन्ध समेत चिसिएकाे थियाे।
उनले रुसलाई नयाँ आणविक उर्जा संयन्त्र निर्माण गर्न टेन्डरमा दिने योजनामा प्रश्न उठाएका छन्। ६ अर्ब युरो परियोजना चेक गणराज्यको सबैभन्दा ठूलो एकल सार्वजनिक लगानी हो।
उनी समर्थित व्यक्तिहरुका अनुसार जेमानसँग सम्बन्ध नराम्राे हुनु र उनले उक्त याेजनाकाे विराेध गर्नु नै बर्खास्तिकाे कारण भएकाे बताइन्छ।
सीएसएसडी प्रधानमन्त्री आन्द्रेज बाबिसको अल्पसंख्यक सरकारको गठबन्धन पार्टी हो। नाटो र युरोपियन युनियन सदस्य देश चेक गणतन्त्रमा अक्टोबरमा आम चुनाव हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।