रंगुन- म्यान्मारकाे नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेत्री आङ सान सु चीविरुद्ध थप ६ नयाँँ फौजदारी अभियोग लगाइएको हाे। साेमबार उनीमाथि ती आराेप लगाइएकाे उनका वकिलहरुले बताएका छन्।
नेपिडोमा पाँच र रंगुनमा एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सोले एएफपीलाई बताए। पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन्।
सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा सू चीकाे दल निर्वाचित भएको थियो। निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।