न्यूयाेर्क- गतवर्ष अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइडकाे हत्या भएको स्थानमा एक युवककाे गोली हानी हत्या गरिएकाे छ। मिनियापोलिसको उत्तरी क्षेत्रमा अवस्थित ब्रुकलिन सेन्टरको ट्राफिक स्टपमा प्रहरीले २० वर्षीय डाउन्ट राइटकाे गाेली हानी हत्या गरिएकाे हाे।
उनकाे मृत्युपछि सयौं व्यक्तिले आइतबार 'जर्ज फ्लोइड जस्टिस' को नारा लगाउँदै ब्रुकल्याण्ड सेन्टरस्थित प्रहरी मुख्यालयबाहिर प्रदर्शन गरेका थिए।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ‘स्टर ग्रिनेड’ प्रहार गर्नुका साथै कर्फ्यू लगाइएको अलजजिराले जनाएकाे छ। यस्तै नेशनल गार्डका सैनिकलाई मध्यरातमा उक्त स्थानमा खटाइएकाे छ।
प्रदर्शनकारीले प्रहरीको दुई सवारीसाधनमा ढुंगामुढा गरेका जनाइएको छ। केही क्षेत्रमा लुटपाटसमेत भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
अधिकारीहरूका अनुसार आइतबार दिउँसो ट्राफिक नियम उल्लंघनका गरेपछि उनलाई हिरासतमा लिन खोजिएकाे थियाे। उनी भाग्न खाेजेपछि गाेली चलाउँदा घटनास्थलमै मृत्यु भएकाे जनाएकाे छ।
कारमा रहेकी एक महिला यात्री घाइते भएकी छिन्। उनलाई उपचारकाे लागि स्थानीय अस्पतालमा भर्ना गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।