ढाका- बंगलादेश सरकारले सबै अन्तर्राष्ट्रिय र घरेलु उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। काेराेना संक्रमण बढ्न थालेपछि बुधबारदेखि उडानमा प्रतिबन्ध लगाइएकाे हाे।
बंगलादेशको नागरिक उड्डयन प्राधिकरण (सीएएबी)का अनुसार याे प्रतिबन्ध अप्रिल १४ देखि २० सम्म लागू हुनेछ। याे लकडाउन कै एक हिस्सा भएकाे जनाइएकाे छ।
प्रतिबन्धको कारण ५०० भन्दा बढी उडानहरू रद्द हुने सीएएबीका एयर भाइस मार्शल एम माफिदुर रहमानले जानकारी दिए।
यता घरेलु उडान र चार्टर्ड हेलिकप्टर उडानमा पनि प्रतिबन्ध लगाइएकाे छ। यद्यपि मेडिकल सामग्री बाेक्ने, मानवीय राहत र कार्गोका लागि केही उडानहरु भने हुने सीएएबीले जनाएकाे छ।
मार्चदेखि काेराेना संक्रमितकाे संख्या वृद्धि भएकाले सरकारले नौ दिनको राष्ट्रव्यापी लकडाउन घाेषणा गरेकाे छ।
अधिकारीहरूले ३ अप्रिलमा युरोप र १२ अन्य देशका हवाई यात्रुहरूमा प्रतिबन्ध लगाएका थिए। आन्तरिक उडान संचालन अप्रिल ५ देखि स्थगित गरिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।