तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि-क्युन आइतबार इरान पुगेका छन्। उनी इरानसँग द्विपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा कुराकानी गर्नका लागि त्यहाँ पुगेको बताइएको छ।
उनी इरानमा तीन दिनसम्म रहने बताइएको छ। त्यस क्रममा उनले इरानका राष्ट्रपति हसन रौहानीसँग पनि भेटघाट गर्ने बताइएको छ। त्यस्तै उनले यहाँका उपराष्ट्रपति, इरानी संसद्का सभामुख, पूर्वसभामुखलगायतका नेताहरुसँग पनि दक्षिण कोरिया र इरानको आपसी हितका साथै अरु द्विपक्षीय विषयहरुमा वार्ता गर्ने बताइएको छ।
यस भ्रमणका क्रममा पछिल्लो समयमा केन्द्रीय बैंकको स्रोतमा लगाइएको प्रतिबन्धका विषयमा पनि कुराकानी हुने बताइएको छ। हालैको सो निर्णयले इरान र दक्षिण कोरियाको केन्द्रीय बैंकमा परेको असरका बारेमा कुराकानी हुनेछ।
प्रधानमन्त्री चुङले इरानमा रहँदा त्यहाँ रहेका कोरियाली बहुराष्ट्रिय कम्पनीहरुका प्रतिनिधिहरुसँग पनि कुराकानी गर्ने बताएको समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।