काठमाडौं– भारतको उत्तर प्रदेशका सबै विद्यालय अप्रिल ३० तारिखसम्मका लागि बन्द गरिएको छ। कोरोना भाइरसको महामारी बढ्दै गएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको सञ्चारमाध्ययमा उल्लेख छ।
कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले जोखिम कम गर्न विद्यालय बन्द गरिएको उत्तर प्रदेश सरकारले जनाएको छ। विद्यालय बन्द गरिए पनि भौतिक दूरी कायम राखी परीक्षा भने सञ्चालन हुने बताइएको छ।
यस्तै, पाँच सयभन्दा धेरै सक्रिय संक्रमित रहेका क्षेत्रमा रात्रिकालीन कर्फ्यु लाग्ने निर्णय भएको समेत सञ्चारमाध्ययमा उल्लेख छ।
प्रदेश सरकारले यसअघि नै विभिन्न सहरमा रात्रिकालिन कर्फ्यु लागु गरिसकेको छ भने सार्वजनिक कार्यक्रममा ५० जनाभन्दा धेरै भेला हुन पनि रोक लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।